• २०८१ बैशाख २६ बुधबार

डन बन्दै रणबीर सिंह !

kharibot

मुम्बई । अभिनेता शाहरुख खान बिनाको फिल्म ‘डन’ कस्तो होला ? फिल्म ‘डन’ र ‘डन २’मा प्रमुख भूमिकामा अभिनय गरेका अभिनेता शाहरुख अब ‘डन ३’मा भने नदेखिने भएका छन् ।

मिडिया रिपोर्टका अनुसार डन- ३ मा आइकोनिक डनको भूमिकामा अभिनेता रणबीर सिंह देखिने भएका छन् । भारतीय मिडियाहरुले रणबीर सिंहले डन-३ को प्रमोशनल भिडियोको शुटिंग समेत गरिसकेको उल्लेख गरेका छन् । 

टाइम्स अफ इन्डियाका अनुसार डन-३ मा रणबीर सिंहको टुंगो लागिसकेको छ भने अन्य कलाकारको पनि छिटै टुंगो लाग्ने तयारीमा यसका निर्माता रहेका छन् ।   

फिल्म ‘पठान’को सफलतामा रमाइरहेका शाहरुखले ‘डन ३’मा अभिनय नगर्ने भएपछि निर्देशक फरहान अख्तर र एक्सल इन्टरटेनमेन्टले शाहरुखको स्थानमा रनबीर सिंहलाई भित्र्याएका हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै