काठमाडौं । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग सबन्धी रिटको सुनवाई आज संबैधानिक इजालासमा हुदैँछ ।
संघीय संसदको महासचिव भरतराज गौतमले संसद अधिवेसन समाप्त भएकाले राणामाथि लगाइएको महाअभियोग पनि स्वतः निष्क्रिय भएको भन्दै लेखिएको पत्रका बारेमा आज संबैधानिक इजालासमा सुनवाई हुन लागेको हो ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा रिटको सुनुवाइ हुनेछ ।
गत वैशाख ६ गते सुनुवाइका लागि पेसी तोकिए पनि समयअभावको कारण देखाउँदै ‘हेर्न नभ्याइने’ भन्दै सो दिन सुनुवाइ स्थगित गरिएको थियो ।