• २०८१ बैशाख २७ बिहीबार

माधव नेपाल र वामदेव पार्टी एकता बारे छलफलमा

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच पार्टी एकता गर्ने विषयमा छलफल शुरु भएको छ ।

एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरुसँग वामदेवले छलफल गरेका हुन् । छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् ।

नेता गौतमसँगको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित महासचिव घनश्याम भुसाल, जीवनराम श्रेष्ठ र गंगालाल तुलाधर सहभागी थिए ।

एमाले परित्याग गरेर कम्युनिष्ट पार्टी एकता अभियान चलाएका गौतम अहिले सो अभियानलाई पार्टी दर्ता गरेर चलाइरहेका छन् ।

वामदेवले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि पटक पटक छलफल गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै