• २०८१ जेठ ७ सोमबार

थप १३ कम्पनीले पाए सेयर ब्रोकर लाइसेन्सका लागि आशयपत्र

kharibot

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप १३ नयाँ ब्रोकर कम्पनीलाई आशयपत्र (एओआई) दिएको छ । वैशाख २० गते बसेको बोर्डको बैठकले थप १३ कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको हो ।

आशयपत्र पाउनेमा दुई वित्तीय र  ११ वटा व्यक्तिगत संस्था रहेका छन् ।

यसअघि बोर्डले पहिलो चरणमा १६ वटा कम्पनीलाई आशय पत्र दिएको थियो । योसँगै आशय पत्र पाउने कम्पनीको संख्या २९ पुगेको छ ।

आशय पत्र पाउनेले ६ महिनाभित्र पूर्वाधार तयार गरी बोर्डलाई जानकारी गराउनुपर्नेछ। मापदण्ड पूरा गरेका म्पनीहरूले मात्रै ब्रोकर लाइसेन्स पाउनेछन् ।

नयाँ ब्रोकर सञ्चालनका लागि बोर्डमा आवेदन दिएका कम्पनीको अध्ययन भइरहेको बोर्डले जनाएको छ ।

बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति पत्रका लागि गत असोज २ गते सूचना जारी गर्दै ३० दिनभित्र आवेदन माग गरेको थियो। बोर्डले धितोपत्र व्यवसायी, धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावलीलाई पाँचौ पटक संशोधन गरी थप नयाँ ब्रोकर कम्पनीका लागि दर्खास्त आह्वा गरेको थियो ।

संशोधन नियमावलीअनुसार बोर्डले ब्रोकर कम्पनीहरूलाई चुक्ता पुँजीअनुसार तीन तहमा विभाजन गरेको छ । जसमध्ये सीमित कार्य गर्ने ब्रोकर कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ, पूर्ण कार्यलाई ६० करोड र स्टक डिलरलाई डेढ अर्ब रुपैयाँ तोकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै