• २०८१ बैशाख २३ आइतबार

ठुलो बजेटका फिल्मले बलिउड बर्बाद गर्दैछन्- नवाजुद्दीन सिद्दिकी

kharibot

काठमाडौँ । बलिवुड अभिनेता नवाजुद्दीन सिद्दिकीले ठुलो बजेटका फिल्मले बलिउडलाई बर्बाद गरिरहेको आरोप लगाएका छन् ।

हालै दिएको एक अन्तर्वार्तामा अभिनेता सिद्दिकीले लगातार फिल्म फ्लप हुनुको कारण ठुलो बजेका फिल्म रहेको बताएका छन् । सिद्दिकीले ठुलो बजेटका फिल्ममा न कथा, न अभिनय हुने भन्दै दर्शकले पटकपटक रिजेक्ट गरेका यस्ता फिल्मलाई निर्माताले निरन्तरता दिएका कारण बलिवुडलाई नै नोक्सान भइरहेको टिप्पणी गरेका छन् ।

ठूला बजेटका फिल्मले उद्योगलाई लगातार खराब समयतर्फ लागिरहेको बताउदै उनले यी फिल्ममा पटकथा, कथा, निर्देशन र अभिनयसमेत खोक्रो रहेको उनको दाबि छ । अहिले बक्स अफिसमा राम्रो व्यापार गर्न सफल केही चलचित्र मात्र छन् तर तीन चलचित्र बाहेक ९७ प्रतिशत चलचित्र फ्लप भएको उनको भनाई छ । फ्लप भएका अधिकांश ठूला बजेटका फिल्म रहेको भन्दा यी फिल्महरूले फिल्म उद्योगलाई तल ल्याइरहेको र बर्बाद गरिरहेको उनले बताए ।

नवाजले भने, ‘यी फिल्महरूमा कुनै कथा वा अभिनय छैन । उनीसँग जम्मा पाँचवटा गीत छन् जसलाई कोरियोग्राफरले डिजाइन गरेका हुन् । वा यदि कुनै फिल्ममा एक्शन छ भने, यो एक एक्सन डिजाइनरद्वारा डिजाइन गरिएको हो । यसमा निर्देशक वा अभिनेताले के गर्न सक्छ ?'

नवाजुद्दीनले उद्योगमा सबैलाई समान अवसर दिनुको सट्टा, निर्माताहरूले अझै पनि कलाकारहरूसँग फिल्ममा पैसा लगानी गरिरहेको आरोप लगाउदै राम्रो कलाकारले अझै पनि अवसर पाउन नसकेको बताए ।  

नवाजले भने, ‘उनीहरूले १०-१५ कलाकारहरू लिएर सँगै कास्ट गर्छन् र ६० देखि १०० करोडको फिल्म बनाउँछन्, जुन मानिसहरू हेर्न चाहँदैनन् । यी फिल्ममा केही हुदैन र फिल्म फ्लप हुन्छ । मेकर्सले राम्रा कलाकार दिएर ५० करोडको फिल्म बनाउँदैनन् । एक पब्लिक अभिनेता र अर्को उद्योगको अभिनेता गरि विभाजित गरिएको छ । जनताका कलाकारहरुलाई दर्शकमाझ पुग्ने मौका नै दिइदैन ।'

नवाजले दिएको दलिललाई हेर्दा उनले भनेको कुरा सहि पनि देखिएको छ । हालै रिलिज भएको सलमान खानको १५० करोडमा बनेको फिल्मले जम्मा १०३ करोड कमाइ गरेको छ भने कार्तिक आर्यनको ७५ करोडमा बनेको फिल्मले ४८ करोड मात्र कमाई गरेको थियो ।  त्यस्तै अक्षयकुमारको ११० करोडमा बनेको फिल्म सेल्फीले जम्मा २४ करोड मात्रकमाइ गरेको थियो भने सय करोडमा बनाइएको अजय देवगनको फिल्म भोलाले ८० करोड कमाई गरेको थियो । त्यस्तै शाहरुख खानको २६० करोडमा बनेको पठानले करिब हजार करोड कमाइ गरेको थियो भने रणबीर कपुरको ११० करोडमा बनेको फिल्म तू झुठी मै मक्करले १४८ करोड कमाई गरेको थियो ।       


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै