• २०८१ बैशाख १७ सोमबार

इन्धनको मुल्य घटेर आयो

kharibot

काठमाडौं । भारतवाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । 

इन्डियन आयल कर्पोरेसन  (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मुल्यको बिवरण दिएको छ । 

निगमका अनुसार पेट्रोल लिटरमा चार रुपियाँ ३३ पैसा तथा डिजेलमा चार रुपियाँ ११ पैसा मूल्य घटेको भन्दै पत्र आएको हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य निगमलाई पठाएको हो । 

डिजेल, पेट्रोलको मूल्य घटेर आएपछि निगमले स्वचालित बिद्यीवाट मूल्य घटाउँछ । तर, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा परेकाले मूल्य भनेर भने सोही अनुसार घटेको छैन ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै आएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै