काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीबारे संसदलाई कुनै जानकारी नभएको बताएका छन् ।
शुक्रबारको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सांसद कोइलीबारे जिज्ञासा राखेपछि सभामुखले जवाफ दिदै यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले भने- ‘लक्ष्मी महतो कोइरीका सम्बन्धमा प्रतिनिधि सभा नियमावली २०७९ सभाबाट पारित भइसकेपछि नियम २४८ का सम्बन्धमा सभामुखलाई कुनै जानकारी प्राप्त नभएको व्यहोरा म जानकारी गराउन चाहन्छु ।’