• २०८१ बैशाख २२ शनिबार

फ्लाई दुबईका कन्ट्री र एयरपोर्ट म्यानेजरलाई त्रिभुवन विमानस्थल प्रवेशमा रोक

kharibot

फाइल तस्बीर

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईका कन्ट्री म्यानेजर  र एयरपोर्ट म्यानेजरलाई त्रिभुवन विमानस्थल प्रवेशमा रोक लगाएको छ ।

सोमबार राति फ्लाई दुबईको विमानमा आएको समस्याको विषयमा विमानमा चरा ठोक्किएको भन्दै भ्रमपूर्ण संचार फैलाएको आरोप लगाउदै प्राधिकरणले कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको जानकारी दिएको छ ।
प्राधिकरणले उनीहरुको एयरपोर्ट पास निष्क्रिय पारिएको बताएको छ ।

सोमबार राति विमान उडान भर्नासाथ आकाशमा ठुलो आवाज आएको र विमानमा आगो देखिएको थियो । तर काठमाडौँको आकाशमा केहि फन्को लगाएर विमानका पाइलटले विमानको इन्जिनले काम गरेको र आफुहरु दुबई नै जाने बताएर दुबईमा सकुशल अवतरण गरेको थियो । तर फ्लाई दुबईले भने विमानमा चरा ठोक्किएपछि समस्या आएको बताएको थियो ।

नागरिक उड्डयन प्राधिकरणले यस विषयमा अहिले अनुसन्धान गरिरहेको र अहिलेसम्म विमानमा चरा ठोक्किएको प्रमाणित नभएको बताएको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै