काठमाडौँ । सन्दीप लामिछानेलाई आज एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानका रासिद खानको एक रेकर्ड तोडने अवसर रहेको छ ।
एकदिवसीय क्रिकेटमा सबैभन्दा कम खेलमा १०० विकेट लिने रेकर्ड अहिले रासिद खानको नाममा रहेको छ ।
आज ओमानविरुद्ध जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा सन्दीपलाई यो रेकर्ड तोड्ने अवसर रहेको छ । सन्दीपले अहिलेसम्म ४१ एकदिवसीय खेलमा ९९ विकेट लिएका छन् । आज ओमानविरुद्ध एक विकेट लिएमा आइसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा छिटो सय विकेट लिने रेकर्ड सन्दीपको नाममा हुने छ ।
राशिदले ४४ खेलमा सय विकेट लिएर यो रेकर्ड बनाएका हुन् । उनले २०१८ को मार्च २५ मा वेस्टइन्डिजविरुद्धको खेलमा यो रेकर्ड आफ्नो नाममा बनाएका थिए । उनले त्यसबेला अस्ट्रेलियाका मार्क स्टार्कको ५२ खेलमा सय विकेटको रेकर्ड तोड्दै आफ्नो नाममा लेखाएका थिए ।