काठमाडौँ । रोमाञ्चक जितसहित इटालियन क्लब एएस रोमा युरोपा लिगको सेमिफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा फेयनोर्डलाई ४-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-२ को नतिजासहित रोमा सेमिफाइनलमा पुगेको हो ।
रोमाको जितमा लियोनार्दो स्पिनाजोला, पाउलो डिबाला, स्टेफेन शेरावी र लोरेन्जो पेल्लेग्रिनीले एक एक गोल गरेका थिए ।
त्यस्तै फेयनोर्डका लागि एक गोल इगोर गिमेनेजले गरेका थिए ।
निर्धारित ९० मिनेटको खेलमा रोम २-१ अगाडी भएपछि समग्र नतिजा २-२ को बराबरी भएपछि खेल अर्को ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । ३० मिनेटको अतिरिक्त समयमा रोमाले थप २ गोल गर्यो र सेमिफाइनलको यात्रा सुनिस्चित गरेको थियो ।
अब जोसे मोरिन्हो नेतृत्वको रोमाले सेमिफाइनलमा बायर लिभरकुसनको सामना गर्ने छ ।