• २०८१ बैशाख २४ सोमबार

सेन्ट पिटर्सबर्गस्थित क्याफेमा विस्फोट, चर्चित रुसी सैन्य ब्लगरको मृत्यु

kharibot

काठमाडौँ । रुसको सेन्ट पिटर्सबर्गस्थित एउटा क्याफेमा आइतबार विस्फोट भएको छ । जसमा रुसका प्रसिद्ध सैन्य ब्लगर ब्लाडलेन टार्टस्कीको मृत्यु भएको थियो । घटनामा २५ जना घाइते भएका छन् । समाचार एजेन्सीका अनुसार तारतास्कीको वास्तविक नाम म्याक्सिम फोमिन थियो र उनको टेलिग्राममा ५ लाखभन्दा बढी फलोअर्स थिए ।

रुस–युक्रेन युद्धमा टिप्पणी गरेका कारण उनी लोकप्रिय भएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार रुसका लागि लड्ने वाग्नर प्राइभेट मिलिटरीका संस्थापक येभगेनी प्रिगोजिनको स्वामित्वमा रहेको स्ट्रीट फूड बार क्याफे नम्बर १ मा विस्फोट भएको थियो ।

रुसी सञ्चारमाध्यमका अनुसार टार्टास्की कार्यक्रमका लागि क्याफेमा आएका थिए र केही व्यक्तिलाई भेटिरहेका थिए । त्यसपछि एउटी महिला खानाको बाकस लिएर उनी नजिक पुग्ना साथ त्यहाँ विस्फोट भएको बताइएको छ । कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले घटनाप्रति निराशा व्यक्त गरेको छ ।

यसै क्रममा रुसको आन्तरिक मन्त्रालयका स्रोतका अनुसार महिलाले ल्याएको बक्समा खाना नभई बम राखिएको मूर्ति थियो ।

गत वर्ष युद्ध सुरु भएको केही महिनामै रुसले युक्रेनी चारवटा राज्यलाई आफ्नो कब्जामा लिएको थियो ।  टार्टस्कीले यस बारे एक भिडियो पोस्ट गरेका थिए । जसमा उनले धेरै विवादित अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए– हामी सबैलाई हराउँछौँ, सबैलाई मार्छौँ, जसलाई चाहन्छौँ लुट्छौँ ।

अर्कोतर्फ आइतबार  टार्टस्कीको निधनपछि रुसको विदेश मन्त्रालयले उनलाई श्रद्धाञ्जली अर्पण गरेको छ । साथै घटनामा मौन बसेकोमा पश्चिमा सरकारको आलोचना गरेको छ ।

यस घटनामा, युक्रेनका राष्ट्रपतिका सल्लाहकारले रुसका अधिकारीहरू बीचको विभाजनको बारेमा ट्वीट गरेका छन् । उनले लेखेका छन्– 'सुरुवात भयो, बक्समा राखिएका माकुराले एकअर्कालाई खान थालेका छन् ।'

वास्तवमा, गत वर्ष फेब्रुअरीमा युद्ध सुरु भएदेखि रसियामा विस्फोटका रहस्यमय घटना भइरहेका छन् । यो युद्धलाई लिएर रुसी जनता र अधिकारीहरूबीच शुरु देखिने फाटो रहेको विश्वास गरिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै