• २०८१ बैशाख १७ सोमबार

प्रधानमन्त्री प्रचण्डले आज सरकार विस्तार गर्दै

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकार विस्तार गर्दै छन् ।

विहिबार साँझ भएको गठबन्धनका नेताहरुको बैठकमा आज विहान ११ बजेसम्म नयाँ मन्त्रीको नाम सबै दलले प्रधानमन्त्रीलाई बुझाउने र एक बजेसम्म शपथ गर्ने तयारी गरिएको छ ।

सरकारमा गरिएको भागबण्डामा नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जसपाले २-२, लोसपा, नागरिक उन्मुक्ति,  आमजनता पार्टी र नेसपाले १-१ मन्त्रालय पाउने भएका छन् भने जनमत पार्टीले एक राज्यमन्त्री र एक मन्त्रालय पाउने भएको छ ।

जस अनुसार नेपाली कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, भूमि व्यवस्था, सामान्य प्रशासन, स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ ।

त्यस्तै माओवादी केन्द्रले गृह, ऊर्जा, सञ्चार, पर्यटन र महिला तथा बालबालिका मन्त्रालय पाउने भएको हो ।

त्यस्तै एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने निश्चित भएको छ भने जसपाले शिक्षा र कृषि मन्त्रालय पाएको छ ।

त्यस्तै नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय, जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद, लोसपाले श्रम मन्त्रालय पाउने भएको छ ।

कांग्रेसबाट को को मन्त्री बन्दै छन् ?

यसैबीच नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्रीको नाम टुङ्ग्याएको हो ।

कांग्रेसबाट उपसभापति खड्का र रमेश रिजालमध्ये एक जनाले परराष्ट्र र एक जनाले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

यस्तै अर्का उपसभापति धनराज गुरुङ् सामान्य प्रशासन, एनपी साउद शहरी विकास, सिता गुरुङ् भूमि ब्यवस्था, डिग बहादुर लिम्बू कानुन, प्रकाश शरण महत अर्थ र मोहन बहादुर बस्नेत स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

त्यसैगरी एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम गिरी र प्रकाश ज्वाला मन्त्री बन्दै छन् । एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै