• २०८१ बैशाख १७ सोमबार

प्रधानमन्त्री थ्री नेसन्स कप: पहिलो हाफमा लाओस र भुटान १-१ गोलको बराबरीमा

kharibot

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल अन्तर्गत अहिले लाओस र भुटानबीच खेल भइरहेको छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफमा लाओस र भुटान १-१ गोलको बराबरी खेलेका छन् ।

खेलको तेस्रो मिनेटमा नै लाओसका लागि बोनपछान बोनकोङले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । तर, कप्तान चेन्चो ग्याल्सेनले खेलको ३५औं मिनेटमा गोल गर्दै भुटानलाई १-१ को बराबरीमा पुर्‍याएका थिए ।

यस खेलमा लाओस पराजित भएमा प्रतियोगिताको समूह चरणबाटै बाहिरिने छ भने नेपाल र भुटान फाइनलमा पुग्ने छन् । 

त्यस्तै बराबरीमा यो खेल सकिएमा एक खेल अगावै नेपालले फाइनलमा स्थान सुरक्षित गर्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै