• २०८१ बैशाख १५ शनिबार

जितपुर सिमरा गोल्डकपको तयारी पूरा, विहिबारदेखि शुरु हुदै

kharibot

कलैया । नवजागृति युवा क्लब सिमराद्वारा यही चैत ९ गतेदेखि सञ्चालन हुने १३औँ जितपुर सिमरा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ ।

सिमरा रङ्गशालामा यही २०७९ चैत १८ गतेसम्म हुने गोल्डकप प्रतियोगितामा प्रथम हुने टिमलाई रु १० लाख, द्वितीय हुनेलाई रु पाँच लाख, सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल-स्कुटी पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

प्रतियोगितामा विधागत पुरस्कार रु २० हजार, म्यान अफ द म्याच रु १० हजार र स्थानीय उदीयमान खेलाडी पुरस्कार रु १५ हजार प्रदान गरिने भएको छ ।

फुटबल प्रतियोगितामा गत वर्षको विजेता एनआरटी, गत वर्षको उपविजेता एपिएफ, हिमालयन शेर्पा क्लब, ब्वाइज युनाइटेड, सातदोबाटो युथ कल्ब, केबिए ग्लोबल, बिएएफसी चितवन, मकवानपुर–११ हेटौँडा, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड र आयोजक क्लबसमेत गरी १० वटा टिमले भाग लिने छन् । 

प्रतियोगिता सञ्चालन गर्न रु एक करोड छ लाख ७७ हजार लाग्ने आयोजकले बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै