कपिलवस्तु । कपिलवस्तुको बाणगंगा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा नेविसंघले तालाबन्दी गरेको छ ।
आफ्ना समानुपातिक तर्फकी उम्मेदवारलाई अनेरास्ववियुका उम्मेदवारसहितका कार्यकर्ताले घरमै गएर डर त्रास देखाएको र सामाजिक सञ्जालमा राखेर चरित्र हत्या गर्न खोजेको भन्दै नेविसंघ क्याम्पस इकाईले स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेको छ ।
साथै नेविसंघ इकाईले निर्वाचन समितिले समेत अनेरास्ववियुलाई समर्थन गरेको आरोप समेत लगाएको छ ।