• २०८१ बैशाख ७ शुक्रबार

आरआरआरको नाटु नाटु गीतले जित्यो ओस्कार

kharibot

काठमाडौँ । भारतीय फिल्म 'आरआरआर' को नाटु नाटु गीतले २०२३ को ओस्कार अवार्ड जितेको छ । आरआरआरको यस गीतले ओस्कारमा उत्कृष्ट मौलिक गीतको अवार्ड जितेको हो ।

यसअघि गोल्डेन ग्लोब्स अवार्डमा नाटु–नाटुले उत्कृष्ट मौलिक गीतको उपाधि जितेको थियो । अवार्ड पाउनु अघि काल–राहुलले आरआरआरको गीत नटु–नाटुमा लाइभ प्रस्तुति दिएका थिए । 

८०औं गोल्डेन ग्लोब अवार्ड २०२३ मा बेस्ट ओरिजिनल गीतको अवार्ड जितेर इतिहास रचेपछि अब ओस्कार जितेर अर्को इतिहास बनाएको छ ।

‘आरआरआर’ को ‘नाटु–नाटु’ गीतले भारतमा मात्रै होइन विदेशमा पनि निकै चर्चा मच्चाएको थियो । फ्यानहरूले गीतको स्टेप कपी गरेर भिडियो सेयर गर्ने गर्थे, जुन सोसल मिडियामा पनि भाइरल भएको थियो । यस गीतको स्टेपलाई लोकप्रिय बनाउन कोरियोग्राफर प्रेम रक्षितको भूमिका महत्वपूर्ण रहेको छ । उनले यो गीतको कोरियोग्राफी गरेका हुन् । यो जीत ‘नाटु–नाटु’ गोल्डेन ग्लोब अवार्ड जित्ने पहिलो एसियाली गीत हो, जसलाई मिनी ओस्कर भनिन्छ, जसको संगीतकार एमएम कीरावानी हुन् ।

'नाटु नाटु' गीत प्रसिद्ध तेलुगु गीतकार र गायक चन्द्रबोसद्वारा लेखिएको हो र राहुल सिपलीगंज र काल भैरवले गाएका हुन् । गीतको तमिल संस्करण 'नाटु कोथु', मलयालममा 'करिन्थोल', कन्नडमा 'हल्ली नातु' र हिन्दीमा 'नाचो नाचो' को रूपमा रिलीज गरिएको थियो । हिन्दी संस्करणको गीत विशाल मिश्राले गाएका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै