• २०८१ बैशाख ४ मंगलबार

नेपालमा आज सात जनामा कोरोना संक्रमण पुष्टि

kharibot

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घण्टामा गरिएको ६ सयजनाको नमूना परीक्षणमा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा १२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

सोही अवधिमा ३ हजार ९८६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

शुक्रबार नयाँ संक्रमितको संख्या शून्य रहेको थियो। हाल नेपालमा कोभिड संक्रमणमुक्त हुने दर ९८ प्रतिशतभन्दा धेरै रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै