• २०८१ बैशाख १७ सोमबार

फेवातालमा डुङ्गा पल्टिँदा घाइते भएकी गिरीको मृत्यु

kharibot

गण्डकी ।  पोखरामा आज दिउँसो ४: १० बजे आएको हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

डुङ्गा दुर्घटनामा परी घाइते हुनुभएकी पोखरा महानगरपालिका–१ बगर बस्ने ७० वर्षीय याममाया गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । 

डुङ्गामा सवार छ जनामध्ये अन्य पाँच जनाको अवस्था भने सामान्य रहेको जनाइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै