• २०८१ बैशाख २१ शुक्रबार

संघीय निजामति ऐन र प्रहरी समायोजन ऐनमा सरकारको भविष्य जोडिन्छ- उपेन्द्र यादव

kharibot

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय निजामति ऐन र प्रहरी समायोजन ऐनमा सरकारको भविष्य जोडिएको बताएका छन् । बुधवार जनकपुरमा आयोजित मधेस प्रज्ञा प्रतिष्ठानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले चाँडै नै संघीय निजामति ऐन र प्रहरी समायोजन ऐन पास गर्नुपर्ने बताए । उनले प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधनस्रोत नहुँदा आवश्यक्ताअनुसार काम गर्न नसकेको दाबी गरे । अध्यक्ष यादवले संघीय निजामति ऐन तत्काल पास गरेर प्रदेशमा कर्मचारीतन्त्र स्थापना गर्नुपर्ने र प्रहरी समायोजन गरी प्रदेशलाई हस्तान्तरण गर्न जरुरी भइसकेको बताए । 

अध्यक्ष यादवले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता फर्काउने आवाज उठेपनि अब सम्भव नरहेको दाबी गरे । उनले लोकतन्त्र र गणतन्त्रको विकल्प अरु हुनै नसक्ने जिकिर गरे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै