• २०८१ बैशाख १६ आइतबार

उपेन्द्र यादव भन्छन्- सत्तारूढ दलहरूले नै सङ्घीयता खारेज गर्छन की भन्ने आशंका भयो

kharibot

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्तारूढ दलहरूले नै सङ्घीयता खारेज गर्छन् कि भन्ने आशङ्का व्यक्त गरेका छन् ।

बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष यादवले अहिलेसम्म सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन नल्याएको भन्दै सत्तारूढ दलहरूले नै सङ्घीयता खारेज गर्छन् कि जस्तो देखिएको टिप्पणी गरेका हुन् । उनले प्रदेशलाई अधिकार, कानुन र काम गर्ने आवश्यक जनशक्ति नदिँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्र कसरी टिक्छ भनेर प्रश्नसमेत गरे ।

उनले भने, ‘अहिलेसम्म सङ्घीय निजामती ऐन निर्माण गरिएन । एक जना माननीयले सङ्घीयता खारेज गरौँ भन्नुहुन्थ्यो । यहाँ भन्नै पर्दैन, यतैबाट खारेज गर्दिन्छन् कि जस्तो पो देखियो त । ८-८ वर्षसम्म सङ्घीय ऐन नबनाउनु, प्रहरी ऐन बनेको पनि कार्यान्वयन नहुनु र प्रदेशहरूलाई अधिकार, कानुन र काम गर्ने आवश्यक जनशक्तिसमेत नदिने अवस्थाले कसरी सङ्घीय गणतन्त्र टिक्छ ? कसरी सङ्घीय गणतन्त्र संस्थागत हुन्छ ? ।’

अध्यक्ष यादवले आउँदा दिनमा लामो समयसम्म संसद् अवरुद्ध हुने र संसदमा विधेयक नल्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै