• २०८१ जेठ ६ आइतबार

फिल्म फ्लपपछि अक्षयकुमारले भने- दर्शकको चाहना बुझ्न सकिन

kharibot

काठमाडौँ । बलिवुड अभिनेता अक्षय कुमारले आफ्नो पछिल्लो फिल्म ‘सेल्फी’ फ्लपको जिम्मेवारी लिएका छन् ।

अक्षय कुमारको फिल्म ‘सेल्फी’ रिलिज भई बक्स अफिसमा फ्लप भएको जिम्मेवारी लिदै दर्शकको चाहना बुझ्न नसकेको भन्दै माफी मागेका छन् । करिब १५० करोडको बजेटमा बनेको यो फिल्मले रिलिजको पहिलो दिनदेखि नै सोचे जस्तो कमाई गर्न सकेन । 

गत वर्ष लगातार चार फिल्म फ्लप दिएका अक्षय कुमारको यो वर्ष रिलिज भएको यो पहिलो फिल्म हो र यो पनि फ्लप साबित भयो । योसँगै अक्षयका लगातार पाँचौं फिल्म फ्लप भएका छन् । 

अक्षय कुमारले आफूसँग यो पहिलो पटक नभएको बताउदै गल्ती गर्दा यस्तो हुने गरेको बताए । यससँगै खेलाडीले आफ्ना फिल्म फ्लपको जिम्मेवारी पनि लिएका छन् । दर्शकको फिल्म हेर्ने मुड बदलिँदै गएको र यसलाई समात्न नसकेको स्वीकार गरेका छन् ।

अक्षय कुमारले भने, ‘मसँग यो पहिलो पटक भएको होइन । जब म उद्योगमा प्रवेश गरें, मसँग लगातार १६ फ्लप थिए । त्यसपछि यो बीचमा लगातार आठ फिल्म फ्लप भए । आफ्नो फिल्मको असफलताको व्याख्या गर्दै अक्षयले भने- हरेक क्रिकेटरले हरेक दिन शतक बनाउँदैनन् ।'

फ्लपको कुरा गर्दै अक्षय कुमारले आफूले दर्शकलाई बुझ्न नसकेको स्वीकार गरे । 

अक्षय कुमारको फिल्म सेल्फीमा उनीसँगै अभिनेता इमरान हाशामी पनि रहेका छन् । फिल्म एक सुपरस्टार र फ्यानको कथामा आधारित छ । यो ‘सेल्फी’ साउथको सुपरहिट फिल्म ड्राइभिङ लाइसेन्सको रिमेक हो । फिल्मले रिलिजको दुई दिनमा ६ करोड १० लाख भारु कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय