• २०८१ बैशाख २४ सोमबार

सोमालीको सैनिक कारबाहीमा एक सय बढी लडाकू मारिए

kharibot

काठमाडौं । सोमाली सेनाले अल–शबाबविरुद्ध गरेको पछिल्लो कारबाहीमा एक सय १७ जना लडाकू मारिएका छन् । 

अमारा शहर नजिक शुक्रबार भएको आठ घण्टा लामो कारबाहीमा ती लडाका मारिएका सोमाली राष्ट्रिय सेनाका एक अधिकारीले बताएका छन् । 

अशान्त सोमालियाको राजनीतिक स्थायित्वका निम्ति खटिएका अन्तर्राष्ट्रिय साझेदार मुलुकका सैनिकको सहयोगमा उक्त कारबाही गरिएको हो । कारबाहीमा बाँचेकाहरू जङ्गलतर्फ भागेकाले उनीहरूको व्यापक खोजी भइरहेको छ । 

हालैका दिनमा अन्तर्राष्ट्रिय साझेदारसहितको राष्ट्रिय फौजले अल–शबाबविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ । साथै उसको पकडमा रहेका क्षेत्र राज्यको नियन्त्रणमा ल्याउन सफलता मिलेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै