• २०८१ बैशाख १७ सोमबार

प्रदेश नं १ प्रदेशसभाको बैठक भोलि बस्ने 

kharibot

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको बैठक भोलि अपराह्न १ बजे बस्ने भएको छ । 

गत पुस ३० देखि स्थगित बैठक भोलि अपराह्न १ बजे बस्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

यसैगरी माघ २४ मा बस्ने प्रदेशसभा बैठकलाई प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव पराजुलीले जानकारी दिए । 

प्रदेशसभाको निर्वाचनपछि प्रदेश प्रमुखले प्रदेशसभा बैठकमा सम्बोधन गर्न संविधानमा व्यवस्था भएअनुरुप सो सम्बोधन हुने सचिव पराजुलीको भनाइ छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै