काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता साझेदार दलका नेताहरुलाई फोन गर्दै सरकारबाट बाहिरिने जानकारी दिएका छन् ।
लामिछानेले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई फोन गरेर सरकारबाट बाहिरिएको जानकारी दिएका हुन् ।
लिङदेनले पार्टी बैठकमा लामिछानेले आफुलाई पार्टीको बैठक अघि फोन गरेर सरकारबाट बाहिरिने बारे जानकारी गराएको ब्रिफिङ गरेका छन् ।
राप्रपाको केन्द्रिय कार्य सम्पादन समितिका एक सदस्यले खरीबोटसँग कुरागर्दै पछिल्ला राजनीतिक घटनाक्रम बारे आफुहरुले विश्लेषण गरिरहेको बताए ।