• २०८१ बैशाख १५ शनिबार

कांग्रेसद्वारा रवि लामिछाने प्रकरणमा संसदीय समिति गठनको माग

kharibot

काठमाडौं । नेपाली कांग्रेसले मंगलवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सकिएसँगै फेरि संसद अवरोध उठेर अवरोध गरेको छ ।

गृहमन्त्री रवि लामिछानेको विषयमा सहकारीको रकम अपलचन गरेको विषयमा प्रधानमन्त्रीले दिएको उत्तर चित्त नबुझेको भन्दै कांग्रेसले अवरोध गरेको हो ।

नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामिछाने सहकारी प्रकरणमा संलग्न भएको प्रमाण नभएको भनेको प्रति आपत्ति जनाउदै संसदीय समिति गठन गर्ने माग गरेका छन् ।

मुख्य सचेतक लेखकले छानबिन समिति गठनको माग गर्दै निश्पक्ष छानबिनको सुनिश्चिता गर्न माग गरेका छन् ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै