काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा काठमाडौँ महानगरको सुकम्बासी समस्यालगायतका विषयमा केन्द्र सरकारले गर्नुपर्ने सहयोग बारे छलफल भएको मेयर बालेनको सचिवालयले जनाएको छ ।
प्रचण्ड प्रधानमन्त्री भएपछि मेयर बालेनले पहिलो पटक भेट गरेका हुन् ।