• २०८१ बैशाख ८ शनिबार

आजदेखि शहिद सप्ताह सुरु

kharibot

काठमाडौं । मंगलबारबाट शहिद सप्ताह सुरु भएकाे छ । मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहिदको सम्झनामा हरेक वर्ष १०-१६ माघसम्म शहीद सप्ताह मनाउने गरिएको छ ।

१० माघदेखि विभिन्न कार्यक्रम गरेर शहिद सप्ताहलाई मनाउने गरिन्छ । काठमाडौं महानगरपालिकाले प्रत्येक वर्ष शहिदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै आएको छ ।

शहिद शक्रराज शास्त्रीलाई १० माघ १९९७ का दिन पचलीमा मृत्युदण्ड दिइएको थियो । सोहि दिनको सम्झनामा हरेक वर्ष १० माघबाट शहिद सप्ताह मनाउन थालिएको हो । साथै  शहिद धर्मभक्त माथेमालाई १३ माघमा फाँसी दिइएको थियो भने १५ माघमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली प्रहार गरेर हत्या गरिएको  थियो ।

चारैजनाको सम्झनामा शहिद दिवस मनाउने गरिएको छ। 

तत्कालीन शासक पक्षले १९९७ सालमा राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा उनीहरूलाई मृत्युदण्ड दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै