• २०८१ बैशाख २१ शुक्रबार

हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका आचार्य श्रीनिवासमाथि गोली प्रहार 

kharibot

विराटनगर । हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका आचार्य श्रीनिवासलाई अज्ञात समुहले गोली प्रहर गरेको छ ।

विरानगरस्थित जतुवामा आइतबार बिहान अज्ञात समुहले चलाएको गोली लागि श्रीनिवास गम्भीर घाइते भएका छन् । 

श्रीनिवासलाई बिहान करिब तीन बजे गोली हानिएको बताइएको छ । उनको हाल विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भैरहेको छ ।

प्रहरीका अनुसार श्रीनिवासमाथि तीन राउण्ड गोली प्रहार भएको छ भने एउटा गोली उनको छातीमा लागेको छ ।

घटनास्थलमा मंगोल नेशनल अर्गनाइजेशनको पर्चा भेटिएको बताइएपनि गोली कसले प्रहार गरेको भन्ने बारे अझै पत्ता लाग्न सकेको छैन ।

यसैबीच राप्रपा अध्यक्ष कमल थापाले गोली प्रहारको घटनाको भत्सर्ना गर्दै अपराधी पत्ता लगाउने कार्यमा सरकारले तत्काल गंभीर तदारुकता देखाओस र कानुन बमोजिम कार्वाही होस भन्ने माग गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै