• २०८१ बैशाख २४ सोमबार

सानो आकारको मन्त्रिमन्डल आजै बन्ने, को को बन्दैछन् मन्त्री ?

kharibot

काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज अपराहन्न ४ बजे शपथ लिदै छन् ।  प्रधानमन्त्रीले शपथ लिदै गर्दा सानो आकारको मन्त्रिमन्डल गठन गर्ने तयारी भएको छ । 

मन्त्रीहरुको भागबण्डा मिलाउन अहिले गठबन्धनको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दै छ । 

शुरुवातमा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरिसेको छ । 

त्यस्तै एमालेबाट उपाध्यक्ष विष्णु पौडेलले आजै मन्त्रीको शपथ लिनसक्ने बताइएको छ । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि आजै मन्त्री बन्ने तयारीमा रहेका छन् ।  लामिछानेले आफ्नो पार्टीले उपप्रधानसहित गृह मन्त्रालयको दाबि गरेका छन् । 

सोमबार बिहान बसेको माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले एमालेलाई राष्ट्रपति दिने र आफु साढे दुई बर्ष प्रधानमन्त्री बन्ने सहमति भएको ब्रिफिङ गरेका थिए ।  साथै साढे २ बर्षपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र प्रधानमन्त्री परिवर्तन हुदा सभामुख पनि परिवर्तन हुने सहमति भएको बताएका छन् ।  अहिले शुरुमा एमालेको सभामुख हुने र प्रधानमन्त्री एमालेबाट बनेपछि सभामुख माओवादी केन्द्रले लिने सहमति भएको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै