• २०८१ बैशाख १९ बुधबार

फिल्मफेयर ओटीटी अवार्डमा अभिषेक बच्चनलाई उत्कृष्ट अभिनेताको अवार्ड

kharibot

काठमाडौँ । मनोरंजनका लागि ओटीटी प्लेटफर्मको लोकप्रियता बढेसँगै यस बारे अवार्ड समारोह पनि आयोजना भइरहेका छन् ।

यसैबीच फिल्मफेयर ओटीटी अवार्ड २०२२ को आयोजना गरिएको छ । यो अवार्ड समारोह लगातार तेस्रो बर्ष गरिएको छ । 

यस अवार्ड समारोहमा ‘रकेट ब्वाईज’, ‘गुलक सिजन ३’ र ‘पञ्चायत सिजन २’ जस्ता वेब सिरिजले विभिन्न विधामा धेरै अवार्ड जितेका छन् ।

त्यस्तै अभिषेक बच्चनले फिल्म ‘दसवी’का लागि दुई अवार्ड पाएका छन् । दसवीले उत्कृष्ट फिल्मको अवार्ड पाएको छ भने अभिषेक बच्चनले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । 

योसँगै पाँच अवार्ड ‘तबुर’को नाममा आयो । यति मात्र होइन, सहायक अभिनेता विधामा अनिल कपुर र नीना गुप्ताले पनि एक–एक अवार्ड पाए ।

अर्कोतर्फ, ‘तबुर’ले उत्कृष्ट समालोचक, निर्माण, अभिनय र वेशभूषालगायत धेरै अवार्ड पाएको थियो भने तापसी पन्नुलाई ‘लुप लपेटा’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइयो । विशेष कुरा के छ भने साक्षी तन्वरले आफ्नो डेब्यू वेब सिरिज ‘माई’ बाट अवार्ड जितिन् । त्यस्तै पंचायत-२ का अभिनेता जितेन्द्र कुमारलाई उत्कृष्ट अभिनेता क्रिटिक्सको अवार्ड दिइएको छ भने गुलक-३ लाई उत्कृष्ट कमेडी सिरिजको अवार्ड दिइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै