• २०८१ जेठ ४ शुक्रबार

मालीमा दुई राष्ट्रसंघीय शान्ति सैनिक मारिए

kharibot

बामाको । संयुक्त राष्ट्रसंघले शुक्रबार उत्तरी मालीमा भएको बन्दुक आक्रमणमा एक महिलासहित दुई राष्ट्रसंघीय शान्ति सैनिकको मृत्यु भएको र चार जना घाइते भएको जनाएको छ ।

"अज्ञात बन्दुकधारीहरूले टिम्बक्टु शहरमा संयुक्त राष्ट्रसंघको प्रहरी गस्तीमा गोली चलाएको छ", मालीमा संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसनले विज्ञप्ति जारी गर्दै उल्लैक गरेको छ ।

प्रहरीले  आक्रमणकारीहरूबाट "केही सामग्री" बरामद गरिएको पनि बताएको छ। मिसनका प्रमुख एल-घासिम वानेले घटनाको निन्दा गर्दैयस जघन्य कार्यबाट राष्ट्रसंघ स्तब्ध भएको टिप्पणी गरेका छन् ।

उनले प्रतिकूल वातावरणको बाबजुद पनि संयुक्त राष्ट्रसंघको शान्ति मिशनले आफ्नो जनादेश पूरा गर्न कुनै कसर बाँकी  नराख्ने बताएका हुन् । 

महासचिवद्वारा माली आक्रमणको निन्दा

संयुक्त राष्ट्रसङ्घका महाचिव एन्टोनियो गुटरेसले मालीमा राष्ट्रसङ्घीय शान्ति सैनिकमाथि भएको आक्रमणको कडा शव्दमा निन्दा गरेका छन् । महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार मालीमा गस्तीमा रहेको राष्ट्रसङ्घीय शान्ति सैन्यमाथि भएको आक्रमाण्को निन्दा गरेका हुन् । 

अज्ञात बन्दुकधारीले शान्ति सैनिकको टोलीमाथि भएको आक्रमण गर्दा  एक जना महिलासहित दुई जना नाइजेरियाली शान्ति सैनिक मारिएका छन् भने चार जना घाइते भएका छन् । तिम्बक्टु शहर नजिकै गस्तीमा रहेका बेला उनीहरूमाथि आक्रमण भएको थियो । 

 महासचिव गुटरेसले  एक विज्ञप्ति निकालेर मृतकका शोक सन्तप्त परिवारका साथै नाइजेरियाको सरकार र जनताप्रति समवेदना व्यक्त गरेका छन् । उनले राष्ट्रसङ्घीय सैनिकलाई निशाना बनाएर आक्रमण गर्दा अन्तर्राष्ट्रिय कानुनअन्तर्गत युद्ध अपराध हुने स्मरण गराउँदै माली सरकारलाई जघन्य आक्रमणका दोषीलाई पहिचान गरी तत्काल न्यायको दायरामा ल्याउन आग्रह गरेका छन् । 

सन् २०१२ देखि मालीमा सशस्त्र विद्रोह भइरहेको छ । जारी हिंसात्मक विद्रोहमा हजारौँ मारिएका छन् भने लाखौँ घर छोडेर भागेका छन् । मालीमा शान्ति कायम गर्न सन् २०१३ देखि शान्ति सेना तैनाथ गरिएको छ । द्वन्द्वग्रस्त देशमध्ये विश्वको सबैभन्दा जोखिमपूर्ण स्थान मालीमा १५ हजार दुई सय शान्ति सेनाका जवान क्रियाशील छन् । हालसम्म त्यहाँ दुई शान्ति सेनाको मृत्यु भएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै