• २०८१ बैशाख २३ आइतबार

हरिवन नगरपालिका प्रमुखसँग फिरौती रकम माग्ने प्रक्राउ

kharibot

काठमाडौं । हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंलाई फोनबाट पच्चीस लाख रुपैयाँ फिरौती रकम माग गर्ने प्रमोद बैठालाई सर्लाही प्रहरीले सार्वजनिक गरेको छ । २६ वर्षीय बैठालाई मलगंवा नपाको वडा नं. ८ बाट आइतबार पक्राउ गरिएको हो ।

आफू जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समुहको बताउने बैठाले मेयर प्रसाईं सँग २५ लाख रुपैयाँ फिरौती रकम माग गरेको सर्लाही प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

फिरौती बापतको रकम नदिए ज्यान मार्ने तथा अपहरण समेत गर्ने धम्की दिदै आएको मेयर प्रसाईंले बताए । उनले सर्लाही क्षेत्र नं. ४ क को विधायक बिरेन्द्र प्र. सिंहलाई समेत फोन गरि फिरौती मागेका थिए ।

मेयर प्रसाईले प्रहरीको सक्रीएताका कारण अपराधी प्रकाउ पर्न सफल भएकोमा सर्लाही प्रहरीलाई धन्यवाद समेत दिएका छन । आफुलाई पटक पटक मधेसमा क्रियाशिल यस्ता बिभिन्न अपराधिक गिरोह बाट अपहरण र ज्यान मार्ने धम्की आईरहे पनि आफुले वेवास्ता गर्दै आइरहेको प्रसाईले बताएका छन ।

प्रवक्ता डिएसपी थापाका अनुसार – बैठामाथी गोलि हानी घाइते बनाएका, फोनबाट फिरौती मागेका र अपहरण उधोग लगायतका मुद्दाहरु विचाराधीन रहेका छन् । उनी अपराधिक गतिविधिमा संलग्न भइ कारागार समेत चलान भएकोले पेशेवर अपराधी हुन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै