• २०८१ जेठ ४ शुक्रबार

मोरक्कोका हाकिमीको चर्चा: बुर्कामा आमा, बिकिनीमा पत्नी !

kharibot

काठमाडौँ । फिफा विश्वकप २०२२ मा मोरक्कोका खेलाडीहरुकी आमाहरुले विशेष ध्यान केन्द्रित गरेका छन् । मैदानमा उपस्थित भएका खेलाडीहरुका आमाको चर्चा विश्वकपमा विशेष रुपमा भएको छ । मोरक्कोले खेल जितेपछि खेलाडीहरु आफ्नी आमासँग नाचिरहेको दृश्य लोभलाग्दो देखिएको छ ।

तर यसैक्रममा मोरक्कोका स्टार डिफेन्डर अशरफ हाकिमी भने आफ्नी आमा र पत्नीको कारण विशेष चर्चामा रहेका छन् ।

मोरक्कोले स्पेनलाई पराजित गरेर विश्वकपबाट बाहिर पठाएपछि हाकिमीकी स्पेनिस पत्नी अभिनेत्री हिबा अबौकको चर्चा भएको हो । विश्वकपमा मोरक्कोको सफलतासँगै हाकीमीकी बुर्का लगाएकी आमा र विकिनी लगाएकी उनकी पत्नी हिबाको चर्चा सामाजिक सञ्जाल र मिडियामा भइरहेको छ । 

हिबा स्पेनकी चर्चित अभिनेत्री हुन् । उनका पटक पटक सामाजिक सञ्जाल र मिडियामा सार्बजनिक हुने तस्वीरले इन्टरनेटमा विशेष चासो व्यक्त गर्ने गरिन्छ ।

हिबा बारे बंगलादेशी लेखिका तस्लिमाले लेखेकी छिन्- हाकिमी र उनकी श्रीमती मुस्लिम हुन्, तर उनी बुर्का र हिजाब लगाउँदैनन् । तस्लिमाले पति अशरफसँग हिबा अबुकको हट तस्विर पनि पोस्ट गरेकी छिन् ।

हाकिमीकी पत्नी हिबाका बुबा लिबियाका हुन् भने आमा ट्युनिसियाली हुन् । उनका आमाबुबा पहिले ट्युनिसियाबाट बसाई पछि स्पेनमा बसोबास गरेका थिए ।

उनले म्याड्रिडको फ्रान्सेली स्कूलमा अध्ययन गरे। यसबाहेक उनले इस्लामिक विधिमा पनि शिक्षा लिएकी छन् । 

उनको अभिनय क्यारियर २००८ मा टेलिभिजन श्रृंखला एल सिन्ड्रोम डे युलिसे को एक एपिसोडसँग शुरू भयो । यहाँ उनको अभिनयको धेरै तारिफ भएको थियो ।

हिब अबुकलाई निर्दोष मानिन्छ। आफ्नो दृष्टिकोण राख्न उनी सधैँ आवाज उठाउँदै आएकी छिन् । उनका पति हाकिमीले पनि आफ्नी पत्नीको यो गुणको प्रशंसा गर्छन् ।

हाकिमी र हिबाको भेट २०१८ मा उनी जर्मनी क्लब बोरुसिया डोर्टमण्डमा रहदा भएको थियो । ३६ बर्षिय हिबा र २४ बर्षका हाकिमीले भेट भएको दुई बर्षपछि २०२०मा विवाह गरेका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै