• २०८१ बैशाख २३ आइतबार

टुबोर्ग ओपन २०२२ को 'खोलौं रमेर' गीतको १० मिलियन प्लस भ्युज

kharibot

काठमाडौँ । नेपालको सबैभन्दा लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीतको कयौ वर्ष देखि निकै नै गहिरो सम्बन्ध चलिआइरहेको छ । टुबोर्गले सधै संगीत क्षेत्रको उत्थानकालागि काम गर्दै आइरहेको छ । यसै सम्बन्धिगत ५ वर्ष देखी टुबोर्गले टुबोर्ग ओपेन अभियानद्वारा निरन्तर कैयौं राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुसगँ संङ्गलग्न भई संगीत क्षेत्रलाई उत्थानगर्दै आइरहेको छ । 

टुबोर्गले नेपाललगायत भारत, चीन, टर्की, सेर्बिया साथै अन्य देशहरुमापनि टुबोर्ग ओपन अभियानद्वारा राष्ट्रिय र अन्तराष्ट्रिय कलाकारहरुलाई जोडेर नयाँ संगीत सृजना गर्दै आइरहेको छ । टुबोर्ग ओपेन अभियान, टुबोर्ग उत्पादन फैलियेका विभिन्न देशमा छैटौं पटक हुदै छ भने नेपालमा यो पाँचौ पटक हुनेछ । 

टुबोर्ग ओपेनको हरेक वर्ष एउटा फरक थिम हुन्छ । यो वर्षको थिमभने 'टेक द स्टेज' भनेर रहेको छ. जसमा अन्तराष्ट्रिय विश्वप्रख्यात कलाकारले उभर्दो स्वदेशी कलाकारहरुलाई मेन्टरशीप प्रदान गरी उनिहरुलाई कसरी राम्रो गीत बनाउने र सांगीतिक उद्योगमा सफल कलाकार हुने जस्ता विषयमा मार्ग दर्शन दिएका छन् । 

यस वर्ष टुबोर्गले लोकप्रिय अमेरिकन संगीतकर्मी जेसन डेरुलोलाई टुबोर्ग ओपनको लागि लिएको छ भने उनीसँगै जोडिएका छन्, नेपालका उदयीमान कलाकार भेक । 

उक्त मेन्टरिङ सत्र केही समय अघि लस् एन्जलसमा भएको थियो जहाँ भेकले स्टुडियोमा जेसन डेरुलोसँग समय बिताउने मौका पाएका थिए । यस वर्षको टुबोर्ग ओपनको लागी, भेकले डेरुलोबाट पाएको निर्देशनतथा सुझावहरु प्रयोग गरि 'खोलौं रमेर' नामक गीत बनाएका छन् जसले युट्युबमा १० मिलियन भ्युजहरु पार गरिसकेको छ र भ्युजहरु बढ्ने क्रमअझै जारी छ । 

भेक भन्छन्, 'मेरो गीत' 'खोलौ रमेर' ले यति धेरै माया पाएको देखेर म एकदम खुशी छु । म मेरो सम्पूर्ण फ्यानसहरुलाई यसको लागि धन्यबाद भन्न चाहन्छु । यसले मलाई यसरी नै मेरो गीत संगीतले मेरो फ्यानसलाई मनोरन्जन गर्न प्रेरित गरेको छ । थप रुपमा, म टुबोर्गलाई धेरै धन्यबाद दिन चाहन्छु जस्ले मलाई यो अवसर दियो र यस गीतको सफलतालाई मुम्किन बनायो ।'

गोर्खा ब्रोअरीका मर्केटिङ्ग डाईरेक्टर आशिष बिस्ट भन्छन्- 'टुबोर्ग र संगीतको नाता नेपाली सांगीतक क्षेत्रमा एकदम गहिरो छ । गत कैयौं बर्षदेखि यो अटुट सम्बन्धअझै पनि कायम छ । सोही उद्देश्यलाई निरन्तरता दिँदै टुबोर्ग ओपनले सफल अन्तर्राष्ट्रिय कलाकारहरु र विश्वका विभिन्न भागका उदीयमान कलाकारहरुसँग सहकार्य गर्न उचितप्लेट फर्म उपलब्ध गराउँदै आएको छ । यस बर्ष को गीत 'खोलौ रमेर' ले दर्शक बाट अत्यन्त नै माया पाएको देख्दा हामी एकदमै खुशी छौ र भविश्यमा पनि सोही कार्यलाई निरन्तर्ता दिन यसले हामीलाई थप अत्मबिश्वास दिएको छ ।'
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै