• २०८१ जेठ ७ सोमबार

पेरुका नयाँ मन्त्रीहरुलाई भ्रष्ट्राचार नगर्न शपथ

kharibot

नयाँ राष्ट्रपति डिना बोलुआर्टेले देशको पहिलो महिला राज्य प्रमुखको रुपमा शपथ लिदै

काठमाडौँ । पेरुकी नयाँ राष्ट्रपति डिना बोलुआर्टेले देशको पहिलो महिला राज्य प्रमुख बनेको तीन दिनपछि शनिबार नयाँ मन्त्रिपरिषद्को शपथ लिएकी  छन् । उनले आफ्ना प्रत्येक मन्त्रीलाई भ्रष्टाचार नगर्ने वाचा गर्न आग्रह गर्दै शपथ गराएकी छन् ।

पेड्रो क्यास्टिलोलाई बुधबार देशको राष्ट्रपति पदबाट हटाइयो । यसपछि उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका बोलुवार्टेलाई राष्ट्रपति बनाइएको थियो ।

उनले मन्त्रिपरिषद्का लागि १६ जना मन्त्रीहरू चयन गरेकी छन्, जसले राजनीतिक संकटको सामना गरिरहेको दक्षिण अमेरिकी देशको अवस्थालाई सम्हाल्न वा बिग्रनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

पेरुमा धेरैले राजीनामा दिनुपर्ने र देशमा आम चुनाव गराउनुपर्ने माग गरिरहेका बेला बोलुआर्टले आफ्ना मन्त्रीहरूलाई शपथ दिलाएकी थिइन् ।

६० बर्षिय बोलुआर्टेले मन्त्रिपरिषद्मा रहेका आठजना पुरुष र आठ महिलालाई ‘भ्रष्टाचारविना निष्ठा र इमान्दारिताका साथ’ आफ्नो कर्तव्य निर्वाह गर्न सपथ लिन आग्रह गरेकी थिइन् ।

डिनाले केही दिनअघि महाभियोग प्रस्ताव ल्याएर राष्ट्रपति पेड्रो कास्टिलोलाई पदबाट हटाइन् । उनको यो कदमले देशका धेरै मानिसहरु आक्रोशित भएका छन् र उनको विरोध समेत भइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै