• २०८१ बैशाख १५ शनिबार

लागुऔषधसहित बर्दियाबाट दुई जना पक्राउ

kharibot

काठमाडौं । अवैध लागुऔषध ब्राउन सुगरसहित बर्दियाबाट दुई जना पक्राउ परेका छन् ।

मंगलबार बढैयाताल गाउँपालिका २ फुटाहाबाट १४ ग्राम ६३० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको प्रहरी चौकी जमुनीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २ का २४ वर्षीय दीपेन्द्र बुढा र सोही नगरपालिका- ९ लाटीकोईलीका २२ वर्षीया कृपा बोहरा रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको भे. ५ प ६२०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई अवैध लागु औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै