• २०८१ बैशाख १७ सोमबार

रोल्पा- १ को प्रदेशतर्फ माओवादीका महरा विजयी

kharibot

रोल्पा । रोल्पाको प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट गठबन्धनका उम्मेदार नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा निर्वाचित भएका छन् ।

महराले १९ हजार ४२५ मत ल्याई विजयी भएका छन् । महराका निकटतम प्रतिस्पर्र्धी नेकपा एमालेका उम्मेदवार कमलबहादुर वुढाथोकीले पाँच हजार चारसय पाँच मत प्राप्त गरेका छन् । महराले १४ हजार २० मतको अन्तरले बुढाथोकीलाई पराजीत गरेका हुन् । यो प्रदेशसभा निर्वाचन क्षेत्रमा राप्रपाका पदमबहादुर थापा तेस्रो भएका छन् ।

जम्मा एक लाख ४५ हजार चारसय ७१ मतदाता रहेको रोल्पामा ६७ हजार चारसय ३७ मत खसेको थियो ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै