• २०८१ बैशाख २४ सोमबार

पूर्वी नवलपरासीमा- १ मा डा शशाङ्क कोइरालाको अग्रता कायमै

kharibot

कावासोती । पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा  नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अग्रता कायमै रकहेका छन् । 

मतगणना सुरु भएपछि अग्रस्थानमा रहनुभएका उहाँले पछिल्लो मतपरिणाम अनुसार १३ हजार आठ सय नौ मत प्राप्त गरेका छन् ।

कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ११ हजार तीन सय १३ मतका साथ पछ्याइरहेका छन् भने नेकपा (एमाले)का कृष्ण पौडेलले १० हजार तीन सय सात मत प्राप्त गरेका छन् छ । पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा पनि कांग्रेसकै विष्णुकुमार कार्कीले अग्रता कायम राखेका छन् ।

कार्कीले १७ हजार एक सय १० मत प्राप्त गर्दा दोस्रो स्थानमा एमालेका तिलबहादुर महतले १६ हजार आठ सय सात मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै