• २०८१ जेठ ४ शुक्रबार

दार्चुलामा दीलेन्द्रप्रसाद बडूको अग्रता कायमै

kharibot

खलङ्गा । दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता रहेको छ । 

प्रतिनिधि सभा अन्तर्गत व्यास गाउँपालिका दुहुँ गाउँपालिकाको मतगणना सम्पन्न हुँदा बडूले चार हजार पाँच सय १६ मत प्राप्त गरेका छन् ।

उनलाई नेकपा एमालेबाट उम्मेदवार गणेशसिंह ठगुन्नाले पछ्याइ रहेका छन् । ठगुन्नाले चार हजार ७४ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विक्रमसिंह धामीले पाँच हजार एक सय ६९ मत सहित अग्रता कायम गरेका छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार हरदेव जोशीले चार हजार तीन सय ९३ मतले पछ्याइ रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय