• २०८१ बैशाख १५ शनिबार

बर्षकै व्यस्त बलिवुड अभिनेता अमिताभ बच्चन

kharibot

काठमाडौँ । हालै मात्र आफ्नो ८०औँ जन्मदिन मनाएका बलिवुडका महानायक अमिताभ बच्चन यस बर्षकै व्यस्त अभिनेता बनेका छन् । ‘दिवार’ जस्तो शानदार फिल्म दिएका अभिनेता अमिताभ बच्चन पाँच दशकदेखि बलिउडमा राज गरिरहेका छन् ।

उनको अभिनय रहेको हाल प्रदर्शनरत फिल्म ‘गुडबाय’ लाई पनि दर्शकले उत्तिकै मन पराइरहेका छन् । यो वर्ष अमिताभ अन्य अभिनेता अक्षय कुमार र अजय देवगनभन्दा सर्वाधिक व्यस्त अभिनेता बनेका छन् । यो वर्ष यी फिल्ममा अमिताभ देखिए । फिल्म बाहेक उनको चर्चित टेलिभिजन शो कुन बनेगा करोडपति पनि अहिले प्रसारण भइरहेको छ ।
यी हुन् यस बर्षका अमिताभका फिल्म:

झुण्ड

अमिताभले यो वर्षको सुरुवात नगराज मन्जुलेको फिल्म ‘झुण्ड’ बाट गरे । यो फिल्म मार्चमा रिलिज भएको थियो । यो खेल बायोपिकलाई समीक्षकहरूले पनि मन पराएका थिए । यो फिल्मलाई वर्षकै शानदार फिल्मको श्रेणीमा राखिएको थियो ।

रनवे २४

‘झुण्ड’ पछि अमिताभ अभिनेता अजय देवगनका साथ ‘रनवे २४’ मा देखिए । यो फिल्ममा उनले विमान दुर्घटना प्रमुख (एएआईबी)को भूमिका निभाएका थिए । फिल्मको सेकेन्ड हाफबाट उनले दमदार अभिनय प्रस्तुत गरेका थिए ।

ब्रह्मास्त्रः पार्ट वन शिवा

अमिताभ अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्रः पार्ट वन शिवा’ मा पनि देखिए । यसबाहेक उनी आर बाल्कीको फिल्म ‘चुपः ए रिवेन्ज अफ आर्टिस्ट’मा केमियो भूमिकामा देखिए ।

गुडबाय

अमिताभको अभिनय रहेको फिल्म ‘गुडबाय’ हालै रिलिज भयो । फिल्मबाट अमिताभले राम्रो तारिफ पाइरहेका छन् । उनी यसै वर्ष सुरज बडजात्याको फिल्म ‘उचाइ’ मा पनि व्यस्त भए । यो फिल्म नोभेम्बर ११ मा रिलिज हुदै छ । यसको सुतिंग नेपालमा भएपनि स्वास्थ्य समस्याका कारण अमिताभ भने नेपाल आएका थिएनन् । नेपालमा बोमन इरानी, अनुपम खेर, परिनिती चोपडा लगायतका कलाकार आएर सुटिंग गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै