• २०८१ बैशाख १५ शनिबार

जोशीको निधनबाट मुलुकले अभिभावक गुमाएको पीडाबोध भएको छ- राष्ट्रपति भण्डारी

kharibot

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले आइतबार बिहान ट्विटमार्फत जोशीको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत भएको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्- 'वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ । उहाँको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत हो । अमर सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली !'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै