• २०८१ बैशाख १६ आइतबार

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक- अस्पताल

kharibot

काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार नभएको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ ।

शुक्रबार साँझ अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले विज्ञप्ति जारी गर्दै जोशीको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार नभएको जनाएका छन् ।

उनले जोशीको पछिल्लो अवस्थाबारे जानकारी दिँदै भनेका छन्, 'समग्रमा जोशीज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकोले अवस्था चिन्ताजनक रहेको छ ।' 

१०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ ।

अस्पतालले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा उनलाई ३० लिटर प्रतिमिनेटको दरमा अक्सिजन दिइएको जनाएको थियो ।

अस्पतालको विज्ञप्ति:

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै