• २०८१ बैशाख १६ आइतबार

सत्यमोहन जोशीको अवस्था गम्भीर

kharibot

काठमाडौं  । बिरामी भएर अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ ।

किस्ट अस्पतालले शुक्रबार बुलेटिन जारी गर्दै जशीको अवस्था चिन्ताजनक रहेको जनाएको हो ।

२२ दिनदेखि उपचाररत उनलाई बिहीबार आईसीयूमा सारेर उपचार थालिएको थियो । तर, औषधिले शरीरमा राम्रो काम नगरेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

जोशीलाई लामो समयदेखि निमोनिया सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या छ । साथै उनलाई डेङ्गी पनि भएको थियो ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय