• २०८१ कार्तिक ८ बिहीबार

स्वास्थ्य चौकीलाई निःशुल्क जग्गा दान

kharibot

बाबियाचौर । बेनी नगरपालिका–५ पुलाचौरमा रहेको स्वास्थ्य चौकीलाई स्थानीयले चार लाखभन्दा बढी मूल्य पर्ने जग्गा उपलब्ध गराएका छन् ।

स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीय पाँच जनाले रु. चार लाख पाँच हजार मूल्य बराबरको एक रोपनी ११ आना जग्गा उपलब्ध गराएका हुन् ।

यसैगरी थप एक रोपनी १४ आना तीन पैसा जग्गा खरिद गरिएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य रामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

यामप्रसाद श्रेष्ठले आठ आना, ताराप्रसाद श्रेष्ठले चार आना, टेकप्रसाद श्रेष्ठले छ आना, रुपनारायण श्रेष्ठले सात आना र भगवती सुवेदीले दुई आना जग्गा उपलब्ध गराएका हुन ।

निःशुल्क प्राप्त भएको र खरिद गरिएको तीन रोपनी एक आना क्षेत्रफलको जग्गामा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले भवन निर्माणको काम सुरु गरेको छ । रु. दुई करोड १० लाख लागत अनुमान गरिएको भवन निर्माणका लागि जुम्ली आचार्य तिलक जेभीले १६ प्रतिशत घटेर ठेक्का लिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै