• २०८१ बैशाख १७ सोमबार

निर्देशक छेतन गुरुङको घर बनाएर उहाँको सपना पुरा गर्छु- सन्तोष सेन

kharibot

काठमाडौँ । प्रेमगीत-३ का स्वर्गीय निर्देशक छेतन गुरुङको एक सपना फिल्मका अर्का निर्देशक सन्तोष सेनले पुरा गर्ने घोषणा गरेका छन् ।

प्रेमगीत-३ को काम भइरहँदा गुरुङले निर्माता सन्तोष सेनलाई आफ्नो एकतले घरलाई दुईतले बनाउने सपना रहेको बताएका थिए । अब निर्देशक गुरुङको त्यो सपनालाई निर्माता सेनले पूरा गर्ने घोषणा गरेका छन् ।

सेनले आइतवार मिडिया र निर्देशक गुरुङको आमालाई साक्षी राखेर फिल्मले पैसा नकमाए पनि घरको तल्ला थपिदिने घोषणा गरेका हुन् । 

सेनले मिडियाका अगाडी भने- 'छेतन दाईले छाड्नुभएको सृजना अहिले विश्वमा लागेको छ । यस्तो सृजना भएको मान्छे जन्माउनु भएकोमा आमालाई धेरै-धेरै धन्यवाद । एकतले घरलाई दुईतला बनाउने छेतन दाईको सपना थियो । म आज आमाको अगाडि भन्छु कि फिल्मले भलै पैसा नकमाओस् तर हजुरको घर बन्छ ।’

‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘ए मेरो हजुर ३’ जस्ता फिल्मको पटकथा तथा संवाद लेखेका उनले ‘डमरुको डण्डीवियो’बाट निर्देशनमा हात हालेका गुरुङको २०७७ सालमा निधन भएको थियो ।

प्रेम गीत-३ गुरुङले नै परिकल्पना गरेर निर्देशन गरेका थिए तर उनले यो फिल्म हेर्न भने पाएनन् । यो फिल्मको पटकथा तथा संवाद उनले नै लेखेका हुन् ।

अहिले प्रेमगीत-३ हिन्दीमा डब भएर यतिबेला नेपाल, भारतसहित विश्वका ५० भन्दा बढी देशमा शानदार रुपमा प्रदर्शन भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै