• २०८१ बैशाख २१ शुक्रबार

कमल थापाद्धारा टुकुचामा पौडी खेलेको स्मरण, बालेन र सुनितालाई दिए धन्यवाद

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले काठमाडौंको टुकुचामा पौडी खेलेको स्मरण गर्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोललार्य धन्यवाद दिएका छन् । 

बिहीबार काठमाडौं महानगरपालिकाले जयनेपाल हलमा डोजर लगाई टुकुचा खोलाको खोजी कार्य सुरु गरेपछि थापाले उनीहरुलाई धन्यवाद दिएका हुन् । 

‘स्याबास बालेन! स्याबास सुनिता! हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि बालेन र सुनितालाई लाई धन्यवाद,’ थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडि खेलेको रमाईलो सम्झना अझै ताजा छ ।’ 

राप्रपा नेपालका अध्यक्ष थापाले काठमाडौंका खोला–नाला सफा, स्वच्छ र कलकल बग्ने होस् भन्ने कामना समेत गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै