• २०८१ भदौ २३ आइतबार

इमाडोलमा जितिया पर्व

kharibot

गोदावरी । मिथिला संस्कृतिअनुसार यहाँस्थित इमाडोलमा जितिया पर्व मनाइएको छ ।

नेपाल महिला समाज समूहद्वारा आयोजित सो कार्यक्रमा समूहका अध्यक्ष अनिका झाले  जितिया पर्वको ऐतिहासिक पक्षमाथि चर्चा गरेका थिए ।

उनको अनुसार जितिया पर्वलाई जिमूतवाहन, जितिया र जिवित्पुत्रका नामले पनि चिनिन्छ ।

विशेष गरी महिलाले  सन्तानको दीघार्यु, परिवारको सुख, शान्ति, रक्षाका साथै वंश वृद्घिका लागि व्रतबस्ने गर्छन् । व्रत बस्दा महिलाले लोकगीत गाउँदै समूहमा बसी कथा सुन्ने गर्छन् ।

उपत्यकामा विशेष गरेर थारू र तराईका महिला काठमाडौँको पशुपति क्षेत्र र विभिन्न मन्दिरमा गई पूजा गर्छन् । खोला–नालामा समूहमा गई धुमधामसँग जितिया पर्व मनाउँछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै