• २०८१ बैशाख १७ सोमबार

निगमले डिजेल र मट्टीतेलको मुल्य बढायो

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ ।

भारतीय आयल कर्पोरेसनले बिहीबार मुल्य बढाएर बढाएर पठाएपछि निगम सञ्चालक समितिको बैठकले यहाँ पनि बढाउने निर्णय गरेको हो । नयाँ मूल्यसूची बिहीबार राति १२ बजेदेखि लागू भएको छ ।

नयाँ मूल्यअनुसार अब डिजेल प्रतिलिटर १७८ र मट्टीतेल पनि १७८ पर्नेछ । त्यस्तै, पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।

निगमलाई विहिबार प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैया ४९ पैसा र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ १२ पैसा बढेर आएको थियो ।

निगमका अनुसार खाना पकाउने एलपी ग्याँसको मूल्य भने घटेर आएको छ । एलपी ग्याँस प्रतिसिलिन्डर १०० रुपैयाँले घटेर आएको निगमले जनाएको छ ।

यस अघि दुई पटकसम्म पेट्रोल र डिजलको मुल्य भारतबाट घटेर आउदा निगमले आफ्नो घाटा कायमै रहेको भन्दै मुल्य घटाएको थिएन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै