• २०८१ बैशाख २५ मंगलबार

मेलम्चीको बैंक जमानतसम्बन्धी मुद्दामा चीनको उच्च अदालतद्वारा हिमालयन बैंक र बिओकेको पक्षमा फैसला

kharibot

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको बैंक जमानत सम्बन्धी मुद्दामा चिनको हेनान् प्रान्तको उच्च अदालतले हिमालयन बैंक र बैंक अफ काठमाडौंको पक्षमा फैसला गरेको छ ।

ग्यारेन्टी बापतको रकम सम्बन्धित बैंकलाई फिर्ता गर्नुपर्ने गरी उच्च अदालतले जुलाई २५, २०२२ मा फैसला गरेपछि अब चाईना कन्सट्रक्सन बंैकले काउन्टर ग्यारेन्टी बापतको रकम  फिर्ता गर्नुपर्ने छ ।

फैसला अनुसार हिमालयन बैंकले काउन्टर ग्यारेन्टी बापतको  ६६ लाख ५५ हजार अमेरिकी डलर फिर्ता पाउने छ । यस मुद्दामा चिनको झेङ्गझाउ जिल्ला अदालतले सन् नभेम्बर ६, २०२० मा पनि नेपाली बैंकहरुको पक्षमा फैसला गरेको थियो तर उक्त फैसला उपर चित्त नबुझेको भन्दै ठेकेदार कम्पनी चाइना रेलवे १५ ब्युरोले उच्च अदालतमा अपिल दायर गरेको थियो ।

हिमालयन बैंक र बैंक अफ काठमाडौंले सन् २००९ मा चाईना कन्सट्रक्सन बैंकको ग्यारेन्टीमा चाइना रेलवे १५ ब्यूरो कम्पनीको नाममा काउन्टर ग्यारेन्टी जारी गरेको थियो ।

हिमालयन बैंकले न्यायका लागि यति लामो समयसम्म अनवरत सहयोग गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, खानेपानी तथा सरसफाई मन्त्रालय, चीन सरकारसँग सम्बन्धित संस्थाहरु, बेजिङ्गस्थित नेपाली राजदूतावास, चिनका लागि नेपाली पुर्वराजदूतहरु, नेपाल राष्ट्र बैंक, मेलम्ची खानेपानी आयोजना र बैंकको पक्षमा वकालत  गर्ने वरिष्ठ अधिवक्ताहरु लगायत प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यबाद  दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै