• २०८१ बैशाख १७ सोमबार

जाजरकोटका वडाध्यक्षलाई खुकुरी प्रहार गर्ने दुईजना पक्राउ

kharibot

सुर्खेत । वडाध्यक्षलाइ खुकुरी प्रहरी गरी घाइते बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् । 

जाजरकोट बारेकोट गाउँपालिका –६ का वडाध्यक्ष डम्बरबहादुर महतारालाइ साउन ९ गते  खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले बारेकोट– ६ का टेकेन्द्र नेपाली र अविनास विकलाइ पक्राउ गरेको हो । 

उनीहरुलाइ कुशे गाउँपालिका– ५ बाटुलेबाट पक्राउ गरिएका जाजरकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिए ।

घाइते वडाध्यक्ष महतारालाइ टाउकोमा सात टाँका लगाएर कोहलपुर मेडिकल कलेजमा उपचार जारी रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै